शुक्रबार, पुष ४, २०८२

तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन : प्रचण्ड

नेपालखोज २०७७ पुष १४ गते १६:०१

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए ।

उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए ।

उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए ।

आफूहरुले ७० वर्षदेखि विभिन्न चरणका आन्दोलन गरेको भन्दै प्रचण्डले संविधानसभाबाट संविधान बनाएर अघि बढ्ने सोचका साथ हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गरे ।

हजारौँ नेपालीले ज्यान गुमाएर ल्याएको गणतन्त्र संस्थागत हुन नसकेपछि सडकमा आउने परेको बताए ।

प्रतिक्रिया