आइतबार, जेठ ६, २०८१

५ अंकले बढ्दा ४ अर्ब ९ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष १४ गते १७:१६

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन आठ दसमलव ५७ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि ५ दसमलव ५७ अंकले बढेर २ हजार १२ दसमलव ८९ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव १३ अंकले घटेर ३ सय ८२ दसमलव ४४ अंकमा पुगेको छ । नेप्सेमा आज २ सय ९ वटा कम्पनीहरुको ३७ हजार ९ सय १६ पटकको कारोवारमा ८० लाख १ हजार ३ सय १४ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८ सय २ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ८ वटा समुहको सुचक घटेर चार वटा समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ९ दसमलव ७ अंकले घटेर १५ सय २४ दसमलव पाँच अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १८ दसमलव ७२ अंकले घटेर १५ सय ६३ दसमलव ५८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७० दसमलव दुई अंकले घटेर १३ हजार एक सय ४५ दसमलव ३८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, टे«डिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।
निर्जिवन बीमा समुहको सुचक भने आज ११ दसमलव ८५ अंकले बढेर नौ हजार तीन सय ८९ दसमलव ६७ अंकमा चढेकोमा लघुबित्त, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेका छन् ।

आज नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर तीन हजार ६२ रुपैयाँमा कारोवार हुंदा मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने छ प्रतिसतले घटेर एक सय ४१ रुपैयाँमा कारोवार भएको छ । आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नबिल बैंकको प्रतिकित्ता १३ सय ८६ रुपैैयाँ अन्तिम मुल्यमा ५३ करोड एक लाख ७७ हजार नौ सय ९० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया