काठमाडौंको बिभिन्न ठाउँमा कोठाको ताल्चा फुटाएर लाखौंको धनमान चोरी
नेपालखोज
२०७७ पुष १५ गते १३:११

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका ११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका ३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई तीन तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका १५ अजिमा हल नजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भुमिका थापा मगर र तनहुँ व्यास नगरपालिका ११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब दुुई लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका ५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई करिब दुुई लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु मंगलबार बेलुका चोरी भएको छ ।
सम्बन्धित








प्रतिक्रिया