कृषिमन्त्री अर्यालद्वारा खाद्य विभागको निरीक्षण
नेपालखोज
२०७७ पुष १५ गते १४:५०

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरीक्षण गरेकी छन् । त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने बताइन् ।
‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेस्टको यति कार्यले मात्र हुँदैन । अब घुम्ती टोलीमार्फत् नियमितरुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ,’’ उनले भनिन् ।
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीहरुलाई निर्देशन दिइन् । ‘उपलब्ध स्रोत–साधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ,’’ कर्मचारीलाई निर्देशन दिँदै उनले भनिन् ।
सम्बन्धित








प्रतिक्रिया