राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षण गरिँदै
नेपालखोज
२०७७ पुष १५ गते १५:०९

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षण गरिने भएको छ । हिउँदे अधिवेशन हुने भएपछि विहीबार सबै सदस्यहरुको निःशुल्क परीक्षण गर्न लागिएको हो ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको लागि आह्वान गरिएको छ ।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
हिउँदे अधिवेशनमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबै सदस्यहरुलाई अपील गरेका छन् ।
सम्बन्धित








प्रतिक्रिया