नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा

नेपालखोज २०७७ पुष १६ गते १०:४३

नयाँदिल्ली । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले ३१ डिसेम्बर र १ जनवरीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेकाे छ ।

भारतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि अंग्रजी नयाँ वर्षलाइ लक्षित गरी रात्रिकालीन कर्फ्यु घोषणा गरिएकाे हाे ।

दुई दिन राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने डीडीएमएले जनाएको छ। कर्फ्युजारी भएपछि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। यस्तै, सार्वजनिक स्थलमा नयाँ वर्ष मनाउन नपाइने जनाइएको छ।

प्रतिक्रिया