लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

नेपालखोज २०७७ पुष १६ गते १३:२३

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । अग्रवाललाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । अग्रवालले उखु किसानलाई १७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ भने पक्राउ परेपछि उनले १ कराेड ३६ लाख रूपैयाँ उखु किसानलाइ दिन जम्मा गरिसकेकाे बताइएकाे छ ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया