राष्ट्रिय सभा सदस्यहरुको स्वाब संकलन
नेपालखोज
२०७७ पुष १६ गते १६:१९

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन भोलिबाट सुरु हुने भएपछि आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सबै सदस्यहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
पिसिआरको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागी हुन पाउनेछन् । सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकाले यसपटकको हिउँदे अधिवेशनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया