शुक्रबार, पुष ४, २०८२

कृषि क्षेत्रमा विदेशी लगानी खुला हुनु राष्ट्रघाती कदम हो : भट्टराई

नेपालखोज २०७७ पुष १७ गते ९:४१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा विदेशी लगानी खुला हुनु राष्ट्रघाती कदम भएको बताएका छन् । सरकारले छापामार शैलीमा गरेको यस्तो निर्णय जनघाती भएको र यसले खाद्यसुरक्षा धरापमा पर्ने उनले बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमा सरकारले कृषि क्षेत्रमा लगानी खुला गरेकोबारे आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेतरहेका भट्टराईले यस निर्णयको प्रतिरोध गर्नसमेत सबैलाई आह्वान समेत गरेका छन्।

सरकारको उक्त निर्णयले थला परेको कृषि झन् बर्बाद हुने उनकोे भनाइ छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया