कुमारी बैंकको थप ८ शाखा बिस्तार

नेपालखोज २०७७ पुष १७ गते १५:२३

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ । काठमाडाैं स्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ८७ वटा शाखाहरु, १ सय ५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १ सय ९५ पुगेको छ । साथै हालसम्म बैंकले नवीनतम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजीटल प्लेटफम बाट आफ्ना पहुँच बढाउँदै जने बताइएको छ ।

प्रतिक्रिया