सभामुख सापकोटा र जसपाका नेताबीच भेटघाट
नेपालखोज
२०७७ पुष १८ गते १५:२९

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच आज भेटवार्ता भएको छ।
सभामुख सापकोटासँगको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको निष्कर्षसहित संसद बैठक आह्वान गर्न दबाब दिएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह गर्दै जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले सभामुख अग्नि सापकोटालाई सिंहदरबारमा भेट गरेको पाण्डेले बताएका छन्।
आफू विभिन्न निकाय र विज्ञसँग परामर्शमा रहेकोले छलफलकै आधारमा कदम चाल्ने बताएको सापकोटाको सचिवालयले जनाएको छ।
सम्बन्धित

प्रतिक्रिया