गणतन्त्रको घरमा आगो लगाए खरानीमा दौडिँदैछन् : बाबुराम
नेपालखोज
२०७७ पुष १९ गते १२:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले नेकपाभित्रको विवादले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो तर्क गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि अध्यक्ष भट्टराइले यस्तो टिप्पणी गरेका हुन् ।
‘एक आर्किटेक्टको अनुभूतिःजिन्दगी भरको मिहिनेतले संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो’ उनले भनेका छन्, ‘केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते। लौन आगो निभाऊँ।’

सम्बन्धित

प्रतिक्रिया