नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन विमानस्थलबाट ७ जना पक्राउ
नेपालखोज
२०७७ पुष १९ गते १३:१९
काठमाडौँ । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया