शनिबार, वैशाख ८, २०८१

लगातर नयाँ उचाइ कायम गर्दै नेप्से, ८८ अंकले बढ्दा छ अर्ब ३४ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष १९ गते १५:३४

काठमाडौं । नेप्से २२ सय अंकको नजिक पुगेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ८८ दसमलव १२ अंकले बढेर २१ सय ७५ दसमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव १८ अंंकले बढेर चार सय १५ दसमलव ८८ अंकमा पुगेको छ ।

आज दुई सय १२ वटा कम्पनीहरुको ५४ हजार छ सय ९८ पटकको कारोवारमा एक करोड ४० लाख २६ हजार आठ सय ८६ कित्ता सेयर किनबेच हुुँदा कुल कारोवार रकम छ अर्ब ३४ करोड ४० लाख १७ हजार आठ सय ८९ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ७० दसमलव ९२ अंकले बढेर १६ सय ५६ दसमलव १४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६८ दसमलव ४२ अंकले बढेर नौ हजार सात सय आठ दसमलव ४७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि पाँच सय ५० दसमलव ९५ अंंकले बढेर १४ हजार २२ दसमलव ४८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ३८ सय ७२ रुपैयाँमा कारोवार हुंदा गुमाउने समुहमा परेको राधी जलबिद्युुत कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव २९ अंकले घटेर दुई सय ९० रुपैयाँमा कारोवार भएको छ । आज बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २४ सय १६ रुपैयाँ अन्तिम मुल्यमा ५० करोड ९५ लाख ७५ हजार दुई सय २८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया