सभापति देउवाद्वारा निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त
नेपालखोज
२०७७ पुष १९ गते १९:१९

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज ७५ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाका दाजु हुनुहुन्छ ।
निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय उहाँ नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो । तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका विज्ञ सल्लाहकारका रुपमा रहेर उहाँले कार्यसमेत गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया