पत्नी लिएर प्रचण्ड लागे मुम्बई

नेपालखोज २०७७ पुष २० गते १२:३७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल लाई लिएर भारतको मुम्बई लागेका छन् । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई लागेका छन् ।

नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट उनीहरू मुम्बई लागेका हुन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’का अनुसार सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने छ ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ ।

प्रतिक्रिया