शनिबार, वैशाख १३, २०८२

स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँ सहित दुई व्यक्ति पक्राउ

नेपालखोज २०७७ पुष २० गते १३:२५

काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित चन्द्रागिरीबाट दुुई व्यक्ति पक्राउ परेका छन । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका २ नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित दुुई जनालाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र तनि वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया