हिमपातपछि हुम्लामा अवरूद्ध उडान सुरू

नेपालखोज २०७७ पुष २० गते १६:५४

हुम्ला । भारी हिमपातपछि हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् ।

बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो ।

मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ ।

आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ ।

प्रतिक्रिया