नक्कली भ्याटबिल प्रयोग गरी राजश्व छल्ने १० जना बिरुद्ध मुद्धा दायर

काठमाडौं । नक्कली भ्याटबिल प्रयोग गरी राजश्व छली गर्ने १० जना बिरुद्ध ६२ करोड रुपैयाँ बिगो सहित राजश्व अनुसन्धान बिभागले मुद्धा दायर गरेको छ । बिभागले झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने १० जनाबाट ६५ करोड २८ लाख ५२ हजार तीन सय ८२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई आज सोमबार उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो । जसमा सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नं. ६ वस्ने प्रदिप साह मुख्य कारोवारी रहेका छन् ।
बिभागका अनुसार स्थायी लेखा नम्वर ६०६८२८१७४ रहेको आर.के.एम. ट्रेडिङ्ग प्रा.लि. लगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सवै फर्मको बैक खाता संचालन प्रदिप साहले नै गरी विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरेको देखिएको छ । यसरी झुठो बिजक तयार गरी आर्थिक बर्ष २०७३– ०७४ देखि २०७५–०७६ सम्ममा मू.अ.कर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ.ऐनको दफा ४ को (क),(ख), (ग),(घ) र (झ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ २२ करोड ४९ लाख ६९ हजार आठ सय एक रुपैयाँ र आयकर तर्फ ३७ करोड ५८ लाख ३६ हजार आठ सय ८९ रुपैयाँ र लाभांस कर तर्फ पाँच करोड २० लाख ४५ हजार छ सय ९२ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) गरेका थिए ।
ऐन, २०५२ को दफा २ (छ१) बमोजिम कूल जम्मा विगो ६५ करोड २८ लाख ५२ हजार तीन सय ८२ रुपैयाँ कायम गरी प्राप्त सवै सवुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्त फर्महरुको मुख्य कारोवारी प्रदिप साहसमेत उक्त विभिन्न १३ वटा फर्मका संचालक तथा प्रोप्राईटहरु समेत १० जनालाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन (२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विगो रकम ६५ करोड २८ लाख ५२ हजार तीन सय ८२ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई आज सोमबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको बिभागले जानकारी दिएको छ ।
प्रतिक्रिया