गोरखादेखि काठमाडौंसम्म नेपाली सेनाको पदयात्रा आजबाट शुरु

काठमाडौं । नेपाली सेनाले मंगलवार (आज) देखि गोरखाबाट काठमाडौंसम्मको पदयात्रा शुरु गरेको छ ।
नेपाल एकिकरणको समयमा गोरखादेखि पृथ्वी नारायण शाहले काठमाडौंसम्म हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा शुरु गरेको हो ।
पुस २७ गते पृथ्वी जयन्तीको दिन काठमाडौं आइपुग्नेगरी सेनाले यात्रा शुरु गरेको हो । आजबाट पुस २७ गतेसम्ममा काठमाडौं आइपुग्ने गरी सेनाले कार्यतालिका बनाएको छ ।
जसअनुसार गोरखाबाट आजबाट हिँडेको सेनाको टोली गोरखा दरवार(जोर चौतारो)ताप्ले अश्राङ हुँदै बोर्लाङ आइपुग्नेछ भने आजको रात घाटबेसीमा बसि भोली बिहानबाट पुनः यात्रा शुरु गर्नेछ । पृथ्वी नारायण शाहको पालामा स्थापना भएका गणहरुको अवलोकन गर्दै सेना काठमाडौं आइपुग्नेछ ।
पदयात्रा गरेको सेनाको टोलीले धादिङ सल्यान्टारमा रहेको सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । भने धादिङको टोलीले नुवाकोटको गणलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाडौं हनुमानढोका बताइएको छ ।
गत वर्षदेखि सेनाले शुरु गरेको उक्त पदयात्रा गोरखा नगरपालिकाको सहकार्यमा मनाउन थालिएको हो ।
प्रतिक्रिया