तोलामा १ हजार १ सयले उकालो लाग्यो सुनको मूल्य
नेपालखोज
२०७७ पुष २१ गते १२:०२

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा रु १ हजार १ सय ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४ सयमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३ सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।
यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु १ हजार ३ सय ३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु १ हजार ३ सय २५ मा सोमबार कारोवार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया