जसपाले पोखरामा बृहत जन प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीले पुष २९ गते पोखरामा बृहत जनप्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेपछि उक्त कदमलाई असंबैधानिक र प्रतिगामी भएको भन्दै जसपाले जनप्रदर्शन गर्ने लागेको हो ।
प्रधानमन्त्री ओलीको कदम असंबैधानिक तथा जनआन्दोलन २०६२÷०६३ को मर्म र उपलव्धीकै विरुद्धमा रहेकोले उक्त कदमका विरुद्ध सडकबाटै दवाद दिनका लागि कार्यक्रमको आयोजना गरिएको जनप्रदर्शन प्रचार–प्रसार समितिका संयोजक किरण थापाले बताए ।
जन प्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा उत्रने थापाले जानकारी दिए । जसपा गण्डकीद्धारा आयोजित उक्त कार्यक्रममा करिव ५ हजार मानिसको सहभागीता रहने आयोजकले दावी गरेको छ ।
जन प्रदर्शनलाई सफल पार्न आयोजकले विभिन्न उपसमितिहरु गठन गरेको जनाएको छ । गठित उपसमिति संयोजकहरुमा अतिथि सत्कारतर्फ मोती रिजाल, आर्थिक व्यवस्थापनमा दिपक तामाङ्, स्वयं सेवक परिचालनमा डिवि नेपाली तथा संघसंस्था समन्वय समिति संयोजकमा होम गुरुङ्ग रहेका छन् । त्यसैगरि पार्टी प्रवेश समन्वय समिति संयोजकमा देवी सुवेदी, स्वास्थ्यमा शंकर गौतम, संगठन परिचालनमा टिकाराम पौडेल र गिरी प्रसाद गुरुङ्ग, अनुगमनतर्फ धन प्रसाद तामाङ्ग र राजन कार्की, मञ्च व्यवस्थापनमा शम्भु खाती संयोजक रहेका छन् ।
जनप्रदर्शनका दिन सयौं मानिसहरुले जसपा पार्टीमा प्रवेश गर्ने जसपा गण्डकी प्रदेश संयोजक मोती रिजालले बताए । उक्त दिन बिहान ११ः३० बजे चिप्लेढुङ्गाबाट र्याली शुरु हुने र दिउँसो १२ः३० बजे पृथ्वीचोकमा पुगि र्याली बृहत सभामा परिणत हुने रिजालले जानकारी दिए ।

प्रतिक्रिया