संसद विघटनविरुद्ध विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन

नेपालखोज २०७७ पुष २२ गते १३:००

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह आवद्ध अनेरास्ववियूले संसद विघटनको विरुद्धमा बुधबार दिउँसो लालटिन जुलुस निकालेको छ ।

अनेरास्ववियूको केन्द्रीय कमिटीले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको हो ।

अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन शुरु गरेको थियो ।

बैठकले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

घोषित आन्दोलनका कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत छन् ।

प्रतिक्रिया