शुक्रबार, वैशाख २८, २०८१

तौल घटाउन फाइबरयुक्त खानेकुरा

नेपालखोज २०८० भदौ २४ गते ७:५०

काठमाडौं । तौल घटाउने कुरामा आहार सबैभन्दा महत्त्वपूर्ण हुन्छ । बिहानको खाजामा फाइबरयुक्त खानेकुरा समाबेस गरे तौल घटाउन मद्दत मिल्छ ।

ओट्स : उच्च फाइबर भएक‍ो ओट्स लाई बिहानको खाजामा समावेश गर्न सकिन्छ।

दिनभर ऊर्जावान रहन र तौल घटाउन चिउराको पुलाउ (पोहा ) : तौल घटाउने मामिलामा चिउराको पुलाउ उत्तम विकल्प बन्न सक्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ ।

अंकुरित सलाद : स्प्राउट्सको सेवन तौल घटाउन निकै फाइदाजनक हुन्छ । उच्च फाइबरयुक्त स्प्राउट्स ब्रेकफास्टमा सेवन गर्न सकिन्छ।

कोदोको रोटि : फाइबर युक्त कोदोको रोटिले तौल घटाउन धेरै मद्दत गर्छ। बिहानको खाजामा कोदोको रोटि सेवन गर्दा निकै फाइदा हुन्छ ।

मुंगको दाल : बिहानको नास्तामा फाइबर र प्रोटिन युक्त मुंग दालले तौल घटाउन मद्दत गर्छ।

मल्टिग्रेन पराठा : यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसलाई नाश्तामा समावेश गर्न सकिन्छ।

चना : बिहानको खाजामा चनाको सलाद खाँदा तौल घटाउन निकै फाइदा हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ ।

प्रतिक्रिया