नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १९ नजिक
नेपालखोज
२०७७ पुष २२ गते १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १८ सय ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार सात सय ६ जनाको पीसीआर गरिएकामध्ये चार सय नौ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस २४ चार सय ९५ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ । हालसम्म क्वारेन्टिनमा तीन सय ४२ जना छन् । पाँच हजार एक सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया