न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमबाट प्रस्तोता लामिछाने हटाईए

काठमाडौं । न्युज २४ को चर्चित कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने उक्त कार्यक्रमबाट हटाईएका छन् । उच्च श्रोतका अनुसार उक्त कार्यक्रम सञ्चालक, व्यवस्थापक एवं प्रस्तोताको बिचमा भएको आपसी विवादका कारण लामिछानेलाई हटाएपछि तत्कालको कार्यक्रम पनि बन्द भएको छ ।

वेलकम एडभरटाजिईङ एजेन्सीका सञ्चालक निर्मलराज पौडेल र सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेविचको विवादका कारण लामिछाने न्युज २४ सँगैं वेलकम एडभरटाईजिङ एजेन्सीबाट पनि हटाईएका हुुन, श्रोतले भनेको छ । श्रोतका अनुसार लामिछाने र पौडेलबिच लामोसमयदेखि बिवाद हुुदै आएको थियो । उक्त बिवादले उग्ररुप लिएपछि वेलकमका सञ्चालक पौडेलले प्रस्तोता लामिछानेलाई कार्यक्रम सँगै टेलिभिजनबाट नै हटाईदिने धम्की दिएका थिए ।
स्वदेश तथा बिदेशीमा समेत निकै नै रुचाईएको सिधा कुरा जनतासँग कार्यक्रम वेलकम एडभरटाईजिङ एजेन्सीकै कसन्सेप्टमा निर्माण भएको दावी समेत पौडेलले गरेका छन् । पछिल्लो समय वेलकमका सञ्चालक पौडेलको सम्वन्ध अन्य व्यवसाय एवंं सञ्चार क्षेत्रका व्यक्तिहरुसँग बिग्रदै गएको दावी पनि श्रोतले गरेको छ । सोही कारण केही समय अघि वेलकम कै एउटा कर्मचारी टिम फुुटेर अर्को एउटा एडभरटाईजिङ ऐजेन्सी चलाईरहेको छ, श्रोतले भनेको छ ।

यसैबिच कार्यक्रम प्रस्तोता लामिछानले भने न्युुज २४ बाट आफुुलाई हटाईएको भने पनि आफुुले राजीनामा दिएर हटेको र केही समय लगत्तै अर्को टेलिभिजनमा जाने बताएको जानकारी पनि श्रोतले दिएको छ । यहाँ भन्दा राम्रो पारिश्रमिकमा जान्छु भनेर प्रस्तोता लामिछानेले आफ्ना सहकर्मीहरुसँग भनेको लामिछाने निकट श्रोतले बताएको छ ।

प्रतिक्रिया