मंगलबार, वैशाख १६, २०८२

घट्यो सुनको मूल्य

नेपालखोज २०७७ पुष २४ गते १३:५८

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया