शनिबार, वैशाख १३, २०८२

प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठायो संविधान

नेपालखोज २०७७ पुष २४ गते १४:२५

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको काठमाडौं कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा काठमाडौंवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको पार्टी इन्चार्ज सावित्रा भुसालले जानकारी दिइन् ।

अन्य जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया