माघ १ गते परराष्ट्र मन्त्री भारत जाने
नेपालखोज
२०७७ पुष २४ गते १५:१०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमण गर्ने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन् ।
सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुने बताए ।
केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन् ।
कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया