ट्वीटरले लगायो ट्रम्पको अकाउन्टमा स्थायी प्रतिबन्ध
नेपालखोज
२०७७ पुष २५ गते ७:२७

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमा स्थायी रुपमै प्रतिबन्ध लगाएको छ ।
हालै गरिएको उनको ट्वीट्सको समीक्षा र घटनालाई मध्यनजर राख्दै हिंसा भड्काउने जोखिम भएका कारण ट्रम्पको अकाउन्टमा स्थायी रुपमै प्रतिबन्ध लगाइएको ट्वीटरले जनाएको छ ।
यसअघि ट्वीटरले ६ जनवरीमा ट्रम्पको अकाउन्टमा १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । त्यसपछि खुला भएको अकाउन्टमार्फत् ट्रम्पले भिडियो सम्बोधन राख्दै सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया