शुक्रबार, वैशाख २१, २०८१

ओमिक्रोनका दुई नयाँ लक्षण

नेपालखोज २०७८ पुष १६ गते १९:३५

काठमाडौं । स्वास्थ विशेषज्ञहरुका तर्फबाट कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको लक्षणहरुबारे समय-समयमा विभिन्न जानकारी सार्वजनिक हुँदै आएको छ । त्यसमा के पनि भनिएको छ भने आफूमा यीमध्ये कुनै लक्षण देखिए तुरुन्त कुनै विशेषज्ञको सल्लाह लिने तथा आफूलाई आइसोलेट गर्ने काम गर्नुपर्छ ।

कोरोना महामारीका पछिल्ला दुई लहरमा ज्वरो, सर्दी-खोकीजस्ता लक्षण आम थिए । अहिले ओमिक्रोनबाट सर्वाधिक प्रभावित बेलायतका एक शोधकर्ताले यसको दुईवटा नयाँ लक्षणको पहिचान गरेका छन् । यी लक्षण कोरोना भाइरसका पुराना लक्षणभन्दा अलग छन् ।

ओमिक्रोनको नयाँ लक्षण
किंग्स कलेज लन्डनमा जेनेटिक एपिडेमियोलोजीका प्रोफेसर टिम स्पेक्टरका अनुसार, ओमिक्रोनका दुईवटा नयाँ लक्षण Nausea र भोक नलाग्नु (Loss of appetite) हुन् । स्पेक्टर भन्छन्- यी लक्षण कोभिडको भ्याक्सिन लगाइसकेकाहरुका साथै बुस्टर डोज लगाउनेहरुमा समेत पाइएको छ ।

प्रोफेसर टिम स्पेक्टरका अनुसार, ‘कोभिडका नयाँ बिरामीहरुमा Nausea , हल्का ज्वरो (Slight temperature), घाँटी खसखसाउने तथा टाउको दुख्ने जस्ता लक्षण देखा परिरहेको छ ।’

उता अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार, ओमिक्रोनका सामान्य लक्षण खोकी (Cough), थकान (Fatigue), कफ (Congestion) तथा नाकबाट पानी बग्नु (Runny nose) हो । यसैगरी अमेरिकी डाक्टर ब्रुस पिटरसनको दाबी छ- कोरोनाको नयाँ भेरिएन्टमा पहिलेको भेरिएन्ट जस्तो स्वाद र गन्ध हराउने समस्या छैन ।

दक्षिण अफ्रिकामा पत्ता लागेको थियो
ओमिक्रोन भेरियन्ट २४ नोभेम्बरका दिन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । त्यसपछि अहिलेसम्म यो भेरियन्ट संसारका ९० भन्दा बढी देशमा पुगिसकेको छ । संसारका दुई प्रमुख देश अमेरिका र यूकेमा यसले विपत्ति निम्त्याएको छ भने दक्षिण अफ्रिकाचाहिँ यो समस्याबाट बिस्तारै मुक्त हुँदै छ ।

ओमिक्रोन भेरियन्ट पहिलेको तुलनामा कम हानिकारक भए पनि तुलनात्मक रुपमा ३ देखि ६ गुणा तीव्र गतिमा सर्ने भएकाले संसारभर यसलाई नियन्त्रण गर्न ठूलो प्रयास भइरहेको छ ।

प्रतिक्रिया