शुक्रबार, चैत १६, २०८०

अण्डरवेयरमा लुकाएर समोसा तस्करी

नेपालखोज २०७७ पुष २५ गते १३:५१

तपाईंले अहिलेसम्म तस्करहरुले आफ्ना भित्री बस्त्रभित्र लुकाएर सुन तस्करी गरेका समाचार सुन्नुभएकै होला । तर के कोही मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ ? सायद छैन होला ।

हालै बेलायतमा एकजना व्यक्ति आफ्नो अण्डरवेयरमा लुकाएर समोसा तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

बेलायतको बर्मिंघममा यो घटना भएको हो ।

पे रोलमा जेलमुक्त भएका एक व्यक्ति पुनः जेलभित्र जाने क्रममा आफ्नो अण्डरवेयरभित्र समोसा लुकाएर लैजाँदै गरेको अवस्थामा समातिएका हुन् ।

आखिर जेलभित्र जाँदा कट्टुभित्र समोसा लुकाउनुपर्ने कारण के थियो त ? वास्तवमा जेलभित्र राम्रो खाजा खान नपाइने हुनाले आफूले समोसा लुकाएर लगेको उनको दाबी छ ।

अण्डरवेयरमा समोसा लुकाएर जेलभित्र तस्करी गर्दै गरेका ती अभियुक्तको नाम चाहीँ प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया