शुक्रबार, वैशाख ७, २०८१

नेपालमा ४ हजार ६८१ जना कोरोनाका संक्रिय संक्रमित

नेपालखोज २०७७ पुष २५ गते १६:२०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६९९ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ६८१ जना आइसोलेसनमा छन् । २६२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ७४ हजार ५६१ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया