सुनको मूल्यमा भारी गिरावट
नेपालखोज
२०७७ पुष २६ गते ११:१५
काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार सुनको मूल्यमा प्रतितोला २३ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २३ सयले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया