शुक्रबार, चैत १६, २०८०

बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि

नेपालखोज २०७७ माघ ८ गते ११:०९

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया