आज मध्यरातबाट सकिँदै राष्ट्रियसभाको सातौं अधिवेशन
नेपालखोज
२०७७ पुष २६ गते १५:१५

काठमाडौं । राष्ट्रियसभाको सातौं चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।
आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज मध्यरातबाट राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य हुने अध्यक्ष तिमल्सिनाले बताए ।
पुस १७ गतेबाट राष्ट्रियसभाको सातौं अधिवेशन सुरु भएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि र संघीय संसदमा राष्ट्रियसभा मात्र छ ।

सम्बन्धित
प्रतिक्रिया