सोमबार, चैत ३, २०८१

नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्सालमा

नेपालखोज २०७७ पुष २६ गते १५:१५

काठमाडौं । एनवाईएफसीले नक्साल नारायण चौरमा नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क निर्माण गरेको छ । शुभश्री कलेजसगंको सहकार्यमा शनिबार एक कार्यक्रमका बिच युवा नेता गगन थापाद्वारा झण्डा तोलन गरी उद्घाटन गरेका छन् ।

Advertisement

एनवाईएफसीले व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडि देखि निर्माण गर्दै आएको छ । कार्यक्रममा एनवाईएफसीका संस्थापक शुकदेव कार्कीले व्यायाम स्थलहरू देशका सबै शहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेको जानकारी दिए । व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने भएकोले यो पार्कको निर्माण सँगै त्यहाँका स्थानीयहरूमाहर्ष उल्लास छाएको छ ।

प्रतिक्रिया