इन्टेग्रीटी आईकन २०२० सार्वजनिक
काठमाडौं । कोभिड–१९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ ।
महामारीले निम्त्याएको चुनौतीका बावजुत पनि, हरेक वर्ष जस्तै, यस वर्षपनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरेको छ । इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो ।
७ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए ।
निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए ।
इन्टेग्रीटी आइकन २०२० का लागि छनौटमा पर्नेहरुमा आरती थारु, दिपक ज्ञवाली, हेमबहादुर आले मगर, मञ्जु महत र डा. नविन बन्धु पहाडी रहेका छन् ।
प्रतिक्रिया