बिहीबार, वैशाख १३, २०८१

नेप्सेमा सामान्य वृद्धि, तीन अंकले बढ्दा पाँच अर्ब ५२ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष २७ गते १५:३८

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ४१ दशमलव २४ अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार तीन दशमलव सात अंकले बढेर २२ सय ३९ दशमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९६ अंकले बढेर चार सय २९ दशमलव ३९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय आठ वटा कम्पनीहरुको ४८ हजार ५३ पटकको कारोवारमा एक करोड ३५ लाख ६० हजार सात सय ८३ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम पाँच अर्ब ५२ करोड ४८ लाख ३२ हजार नौ सय ९३ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ८७ अंकले बढेर १७ सय २३ दशमलव १७ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव ९३ अंकले बढेर १० हजार दुई सय ९२ दशमलव ३९ अंकमा चढेकोछ ।

जीवन बीमा समुहको सुचक पनि एक सय ६१ दशमलव २९ अंकले बढेर १४ हजार एक सय सात दशमलव २३ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन् । ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक भने घटेका छन् ।

आज आरम्भ चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय ९२ रुपैयाँमा कारोवार हुँदा मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ९५ प्रतिशतले घटेर एक सय ५८ रुपैयाँमा कारोवार भएको छ । आज बढी कारोवार गर्ने सिद्धार्थ बैकको प्रतिकित्ता चार सय ७२ रुपैयाँ अन्तिम मुल्यमा ४२ करोड ६२ लाख १२ हजार आठ सय १९ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया