मंगलबार सुनको मूल्यमा वृद्धि
नेपालखोज
२०७७ पुष २८ गते ११:४४

काठमाडौं । सुनको मूल्यमा मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया