प्रचण्डद्वारा नेपालको तारिफ
‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, पारदर्शी र सुशासनको पक्षधर रहे’
नेपालखोज
२०७७ पुष २८ गते १६:२९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको तारिफ गरेका छन् ।
मंगलबार पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा माधव नेपाल हजार गुण इमान्दार भएको बताएका हुन् ।
पञ्चायत विरोधी आन्दोलनबाटै नेपाललाई चिनेको जानकारी दिँदै प्रचण्डले भने– ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, पारदर्शी र सुशासनको पक्षधर रहे ।’
नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत प्रचण्डले बताए ।
गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’ आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको पनि उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया