शुक्रबार, चैत ७, २०८१

मृत फेला परिन् नर्स

नेपालखोज २०७७ पुष २९ गते १६:२६

भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक नर्स मृत अवस्थामा फेला परेकी छन् ।

Advertisement

कैलाली घर भएकी २४ वर्षकी लक्ष्मी जोशी कृष्णपुरस्थित आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अस्पतालका अनुसार उनी दुई वर्षदेखि अंकोलोजी विभागमा कार्यरत थिइन् ।

चितवन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । लक्ष्मीले आत्महत्या गर्नुपर्ने कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया