कोरोना अपडेट : थप ६ जनाको मृत्यु, ४०३ संक्रमित थपिए
नेपालखोज
२०७७ माघ १ गते १६:०५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मुलुकभर आज थप ६ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३२ सय जनाको पीसीआर गरिएकामध्ये चार सय तीनजनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार सय पाँचजना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २३१ जना छन् भने चार हजार चार सय २६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया