आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडाैं । आज उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यस्तै प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहनेछ ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदली रहने सम्भावना रहेकाे छ ।
देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।
प्रतिक्रिया