नेपाली सेनाद्वारा पहिरोमा फसेका बिकको उद्धार
नेपालखोज
२०७९ असोज २४ गते १०:२८

काठमाडौं । नेपाली सेनाद्वारा पहिरोमा फसेका व्यक्तिको उद्धार गरेको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोमा परि ढुङ्गाले लागि घाइते भएका सुर्खेत निवासी वर्ष ४२ का दिपक विकलाई नेपाली सेनाले उद्धार गरेको हो ।

सेनाको उद्धार टोलीले आईतबार नेपाली सेनाको अगष्टा हेलिकाेप्टरद्वारा उद्धार गरी काठमाडाैं ल्याएको छ । साथै, निजको अवस्था हाल सामान्य रहेको समेत नेपाली सेनाले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया