मंगलबार, वैशाख ११, २०८१

निधनको ७ महिनापछि सुशान्तको हस्तलिखित पत्र सार्वजनिक, के छ पत्रमा ?

नेपालखोज २०७७ माघ २ गते ११:४०

एजेन्सी । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भएको छ । गत वर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो । यसपछि सुशान्तको निधनको विषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो ।

सुशान्तको मृत्युकै कारण उनकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेलमा समेत बस्नुपर्यो । परिवार तथा उनका समर्थकले सुशान्तले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै छानविनको माग गरेका थिए । तर, पछि सुशान्तको निधनको विषय ड्रग्ससँग जोडिन पुग्यो ।

तर, सुशान्तले आत्महत्या किन गरे भन्ने वास्तविकता खुलेको छैन । यसैबीच उनको निधन भएको ७ महिनापछि उनकी बहिनी श्वेता सिंह किर्तीले उनले लेखेको हस्तलिखित एक पत्र सार्वजनिक गरेकी छन् । सुशान्तले लेखेको सो पत्रमा उनले जिन्दगीको वास्तविक खेलको विषयमा कुरा गरेका छन् ।

सुशान्तले लेखेका छन्–‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० वर्ष खर्च गरिदिएको छु । सुरुवाती ३० वर्ष केही बन्ने कोशिशमा मैले खर्च गरेँ । म हरेक कुरामा राम्रो बन्न चाहन्थेँ । म टेनिस खेलमा, स्कुलमा राम्रो बन्न चाहन्थेँ । मैले हेरक कुरालाई सोही आँखाले हेरेँ । म जस्तो छु, यो ठिक होइन । मलाई सबै कुरा राम्रोसँग त मिल्यो, तर मलाई महसुश भयो कि यी सबै खेल नै गलत थियो । किन कि, सबै खेल त त्यही कुराको खोजीमा थियो जुन म पहिलेदेखि नै थिएँ ।’

प्रतिक्रिया