बुधबार, वैशाख २६, २०८१

सातामा सेयर बजार : नेप्से २२ सय ८६ अंकमा

नेपालखोज २०७७ माघ २ गते १२:३९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नियमित कारोवार कक्ष यो साता चार कार्यदिन मात्र खुल्ला रहेको भएपनि नेप्सेले नयाँ उचाई कायम गरेको छ । साताको अन्तिम कारोवार दिन सार्वजनिक बिदा परेका कारण चार दिन मात्र नेप्से खुलेको भएपनि चारै दिन बजार बढेपछि नेप्सेले नयाँ उचाई कायम गरेको हो ।

सोही आधारमा यो साता नेप्से २२ सय ८६ दसमलव ५४ अंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ३५ दसमलव २५ अंकमा पुगेर रोकिएको छ । दुई सय आठ वटा कम्पनीहरुको दुई लाख एक हजार सात सय ४३ पटकको कारोवारमा यो साता पाँच करोड ५४ लाख १२ हजार छ सय ९५ कित्ता सेयर किनबेच भएकाछन । यसबाट यो साता कुल कारोवार रकम २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार नौ सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्से गत साता भने पाँच कार्य दिन नै खुल्ला रहेको आधारमा दुई सय १२ वटा कम्पनीहरुको दुई लाख ३४ हजार पाँच सय १३ पटकको कारोवारमा पाँच करोड ८७ लाख ८२ हजार छ सय ४८ कित्ता सेयर किनबेच भएको थियो । उक्त परिमाणमा सेयर किनबेच हुँदा गत साता कुल कारोवार रकम २७ अर्ब १७ करोड २३ लाख १२ हजार आठ सय सात रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से चार दिन मात्र खुल्ला रहेको भएपनि सबै दिन नेप्से बढेको थियो । पहिलो दिन ४१ दसमलव २४ अंकले बढेर २२ सय ३५ दसमलव ७२ अंकमा पुगेको नेप्से चौथो दिन पनि १८ दसमलव ८१ अंकले बढेर दुई हजार दुई सय ८६ दसमलव ५४ अंकमा पुगेर रोकिएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन सात दसमलव २१ अंकले बढेर चार सय २८ दसमलव ४३ अंकमा पुग्दा चौथौ दिन पनि एक दसमलव ९७ अंकले बढेर चार सय ३५ दसमलव २५ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता नेपाल पुर्नबीमा कम्पनी, एनआईसी एशिया बैंक, नेपाल टेलिकम आदिको बढी रकम कारोवार भएका छन् । कारोवार भएको सेयर संख्याको आधारमा भने यो सात प्रभु बैंक, नेपाल पुर्नबीमा, नेपाल इन्भेष्टमेन्ट बैंक आदि अगाडि परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, अगाडि परेका छन् ।

प्रतिक्रिया