बिहीबार, चैत १५, २०८०

इंग्लिस प्रिमियर लिग : आर्सनल र प्यालेस बराबरीमा

नेपालखोज २०७७ माघ २ गते १३:०१

एजेन्सी । इंग्लिस प्रिमियर लिगको बिहीबार भएको खेलमा आर्सनल र क्रिस्टल प्यालेस गोलरहित बराबरीमा रोकिएका छन् । यससँगै लयमा फर्कने प्रयासमा रहेको आर्सनलले घरेलु मैदानमा पूरा तीन अंक जोड्ने अवसर गुमाएको छ ।

आर्सनलको १८ खेलबाट २४ अंक छ । टोली अझै ११ औं स्थानमा छ । प्यालेस भने २३ अंकसाथ १३ औं स्थानमा रहेको छ । तीन साताअगाडिसम्म आर्सनललाई रेलिगेसनको उम्मेदवार मानिएको थियो ।

तर सबैखाले प्रतियोगितामा लगातार चार खेल जितेपछि आर्सनलले आफ्नो स्थिति बलियो बनाएको छ । उसको यही क्रमलाई प्यालेसले बिहीबार रोकिदिएको हो ।

प्रतिक्रिया