शुक्रबार, वैशाख ७, २०८१

ट्रम्पले जाँदा-जाँदै लगाए ९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

नेपालखोज २०७७ माघ २ गते १३:३७

एजेन्सी । अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन केवल ५ दिन बाँकी छ । तर चीनप्रति उनको कडाई जारी नै छ । बिहीबार राति ट्रम्पले एक आदेश जारी गर्दै चीनका ९ कम्पनीहरुमाथि प्रतिबन्ध लगाइदिएका छन् ।

यस प्रतिबन्धको अर्थ यी ९ वटा कम्पनीमा अब अमेरिकी नागरिक वा अमेरिकी कम्पनीले कुनै प्रकारको लगानी गर्न पाउने छैनन् । अमेरिकी अधिकारीहरुले चिनियाँ कम्पनीमा सिधारुपमा सेना जोडिएको आरोप पनि लगाएका छन् । यी कम्पनीहरुले चिनियाँ सेनालाई आर्थिक र प्राविधिक रुपमा सहयोग पुर्‍याइ रहेको उनीहरुको दाबी छ ।

बाइडेन चुप
पाँच दिनपछि राष्ट्रपति पद छाड्न लागेका ट्रम्पले दिएको यस्तो आदेशबारे नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने कुनै टिप्पणी गरेका छैनन् ।

अब यी कम्पनीहरुले आफ्नै दममा अमेरिकामा व्यापार गर्नुपर्नेछ । यी कम्पनीहरुले अमेरिकाबाट युरोपमा पनि व्यापार गर्दै आएका छन् । अमेरिकाले चिनियाँ कम्पनीहरुलाई कुनै सहुलियत नदिनका लागि युरोपलाई यसअघि नै दबाब सिर्जना गरिरहेको थियो । मोबाइल र इलेक्ट्रोनिक ग्याजेट बनाउने शाओमी तथा तेल कम्पनी सीएनओओसीमाथि प्रतिबन्धको असर सबैभन्दा धेरै पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ ।

प्रतिक्रिया