शुक्रबार, वैशाख १४, २०८१

७ माघबाट दशरथ रंगशालमा राष्ट्रिय महिला लिग

नेपालखोज २०७७ माघ २ गते १५:५२

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले माघ ७ गतेबाट राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको उद्घाटन र फाइनल दशरथ रंगशालामा हुनेछ । अन्य खेलहरु सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना गरिनेछ ।

१३ औँ दक्षिण एसियाली खेलकुदपछि दशरथ रंगशालामा खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन । प्रतियोगिता फागुन ७ गतेसम्म हुने छ भने सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । एउटा टोलीले बढीमा चार जना विदेशी खेलाडीलाई टोलीमा राख्न पाउने एन्फाले जनाएको छ।

प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले ८ लाख र तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने छ । चौथो हुने टोलीलाई तीन लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र सर्वोत्कृष्ट प्रशिक्षक, गोलरक्षक, रक्षक, मिडफिल्डर र स्ट्राइकरलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्लेयर अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउने छ ।

प्रतिक्रिया